पोखरामा पुष १३ देखी अन्तराष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगिता

-


     क्लिक गण्डकी     
     पौष २ गते २०८१ मा प्रकाशित


ड्रागन बोट दौड प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाललाई

ड्रागन बोट

पोखरा, २ पुस/ पोखरामा पुष दोस्रो साता अन्तराष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल स्थित चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

पोखराको फेवामा हुने प्रतियोगितामा पुष १३ देखी १५ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालका ११ मित्रराष्ट्र चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समुहको सहभागिता रहने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसमा विकास र पोखराको पर्यटन विकासमा ठुलो टेवा पुग्ने उनले बताए ।

प्रतियोगिताले पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास छ । पोखरा महानगरपालिकाले फेवातालमा अन्तराष्ट्रिय ड्रागन बोर्ड रेस र बेगनास तालमा ड्रागन बोर्ड रेस गर्दै आएको छ ।



Tags: