
oil
पोखरा, ३० मंसिर /नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ ।
निगमको बैठकले पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजल र मट्टीतेलमा २ रुपैयाँ घटाइएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् छ ।
काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १६२ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।
त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५९ रुपैयाँ ५० पैसा पर्नेछ । यी स्थानमा डिजल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजल र मट्टीतेलको मूल्य १५० रुपैयाँ पर्नेछ ।





