लेखनाथको त्रिवेणी इन्टरनेशल र कोरियाको च्योङआम कलेजका विच सहकार्य हुने

-


     क्लिक गण्डकी     
     मंसिर २७ गते २०८१ मा प्रकाशित


लेखनाथको त्रिवेणी इन्टरनेशल र कोरियाको च्योङआम कलेजका विच सहकार्य हुने

लेखनाथको त्रिवेणी इन्टरनेशल र कोरियाको च्योङआम कलेजका विच सहकार्य हुने

लेखनाथ, २७ मंसिर/ पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र कोरियाको च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले हस्ताक्षर गरेका थिए । दुई कलेजका विच शैक्षिक सूचना र सांस्कृतिक आदान प्रदान, भाषा तालिम र विद्यार्थी आदान प्रदान, सहकार्यात्मक र अनुसन्धान, विभिन्न क्षेत्रको तालिममा सहकार्य गर्ने संझौता भएको छ ।

कलेजहरुका विचमा राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा हुने सभा सम्मेलनमा संयुक्त रुपमा सहभागीता, दुवै कलेजका संकाय सदस्यहरुका विच क्षमता अभिबृद्धिका कार्यक्रम र शिक्षक र कर्मचारीका लागि प्रशिक्षण लगायतका कार्यक्रम आदान प्रदान गर्ने समझदारी भएको छ । यसैगरी सांस्कृतिक पर्यटक आदान प्रदान गर्ने पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिवेणी इन्टरनेशलन कलेजका अध्यक्ष सुमन भट्टराईले प्राविधिक शिक्षामा अगाडी रहेको कलेजसँगको सम्वन्धले विद्यार्थी र शिक्षकले प्रविधिको प्रयोग र अनुसन्धानमा धेरै कुरा सिक्न सक्ने बताउनु भयो ।

च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले नेपालीहरुको आतिथ्यताको प्रसंसा गर्दै, नेपाली विद्यार्थीलाई कलेजमा छात्रबृत्ति प्रदान गरिने बताउनु भयो । कला र संस्कृतिलाई प्रविधिसँग अभ्यस्त गराउन सहयोग र विद्यार्थी आदान प्रदान कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा च्योङआम कलेजका योजना विभाग प्रमुख यङ होसिङ, उक्त कलेजका विदेश मामिला तथा व्यवस्थापन र शिक्षा प्रमुख आलोक बस्ताकोटी, त्रिवेणीका सल्लाहकार बाबुराम गिरी, राजेन्द्रमणि लामिछाने, लोकराज ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, शैक्षिक परामर्शदाता प्रा.डा. इन्द्रप्रसाद त्रिवारी, कलेजका संस्थापक अध्यक्ष शेखर बस्ताकोटी, संचालक समितिका सदस्य विनोद लामिछाने, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले दुई देशका कलेजका विषयमा बोल्नु भएको थियो ।

लेखनाथ क्षेत्रमा अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजले व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराउँदै आएको छ । यसैबिच उक्त कलेजले लेखनाथको खाष्टे, गुँदे र न्यूरेनी तालको विकास, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाषा र प्रविधिको ज्ञान एवं सांस्कृतिक पर्यटक आदान प्रदान गर्ने गरी सहकार्य गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

कलेजका अध्यक्ष हङ र पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाका विच भेटवार्ताका क्रममा उक्त कार्यका लागि सहकार्य गर्ने प्रतिवद्धता आएको हो । टोलीले वडा कार्यालयको भ्रमण गरी कलेज अवस्थित नगर र पोखराका विचमा पनि तालहरुका विषयमा समान विशेषता रहेको उल्लेख गरेको थियो ।