नेपाल रेडक्रस सोसाईटी पोखरा ७ उपशाखाको सभापतिमा सुजन बराल चयन

-


     क्लिक गण्डकी     
     मंसिर २२ गते २०८१ मा प्रकाशित


नेपाल रेडक्रस सोसाईटी पोखरा ७ उपशाखाको सभापतिमा सुजन बराल चयन

नेपाल रेडक्रस सोसाईटी पोखरा ७ उपशाखाको सभापतिमा सुजन बराल चयन

पोखरा, २२ मंसिर/ नेपाल रेडक्रस सोसाईटी पोखरा ७ उपशाखाको २१औ वार्षिक साधारण सभा तथा ९औ अधिवेसनले सुजन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपसभापतिमा शारदा गिरी, सचिवमा ध्रुब बराल, कोषाध्यक्षमा कुमार भण्डारी, उपसचिवमा प्रमोद पौडेल, उपकोषाध्यक्षमा विल कुमारी कुमाल चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा अनिल कुमार शाही, शशिकला बराल, प्रभा लक्ष्मी खड्का, दामोदर बराल, परिवेश रेग्मी रहेका छन् । अध्यक्ष सुजन बराललाई निर्वतमान अध्यक्ष भोज बरालले माइनुट प्रदान गरे ।

निर्वाचीत समितिलाई निर्वाचन संयोजक विष्णुप्रसाद भण्डारीले पद तथा गोपनीयताको सपथ गराए ।