
बुध्द एयर
पोखरा, २१ मंसिर/ बुध्द एयरले शुक्रबार १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हो। यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बुध्द एयरले कल साईन ढल्(ब्इन् जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको छ । बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन् ।
बुध्द एयरले केही समय अगाडी मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट विदाई गरेको थियो । त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ ।
हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले – ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन् । हामी उडान तालिकालाई बढिसे बढि प्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिवद्ध रहेका छौं, – उनले थपे ।
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढि उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।





