पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई सिजीको फास्ट चार्जर

-


     क्लिक गण्डकी     
     मंसिर १९ गते २०८१ मा प्रकाशित


पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई सिजीको फास्ट चार्जर

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई सिजीको फास्ट चार्जर

पोखरा, १९ मंसिर /नेपालमा विद्युतीय गाडी आयात गरी बजार बिस्तार गरिरहेको सिजी मोटर्स र टिटि ग्लोबलले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण प्रदान गरेको छ ।

सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आयोजित कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई चार्जर हस्तान्तरण गरे । कम्पनीको कार्यालय परिसर फिर्केमा चार्जिङ स्टेसन स्थापना गरिने छ ।

चार्जर मार्फत विद्युतिय सवारी ३० मिनेट भित्रमा फुल चार्ज हुने भएकाले चार्जिङ स्टेसन विस्तार भएपछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ ।

सिजी मोटर्सले देशभर २ सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप २ सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।

टिटि ग्लोबलले केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आइरहेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए ।



Tags: