
फेवातालको मापदण्डमा रिर्सोट बनाएको भन्दै वाटरफन्ट रिर्सोटको पर्खाल भत्काए
पोखरा, १५ मंसिर/ हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पोखराको लेकसाइडमा रहेको वाटरफन्ट रिर्सोटको पर्खाल भत्तकाएको छ ।
फेवाताल क्षेत्रको जग्गा अतिक्रमणका विरुद्ध शुरुवाती सांकेतिक कारबाही गरेको विज्ञप्तीमा उल्लेख छ ।
सर्वोच्च अदालतले २०७५ साल वैशाख १६ गते विभिन्न चरणमा भएका नापी, तथ्य, प्रमाण र विश्वराज लामिछाने नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन लगायतका आधारमा फेवातालको किनाराबाट ६५ मिटरसम्म मापदण्ड हुने र त्यो भित्र बनेका सबै संरचनाहरु हटाउन भएको आदेश कार्यान्वयन गर्नु पर्ने उनीहरुको माग छ ।
फेवातालको मापदण्डभित्र संरचना बनाएर बस्नुभएका जनसमुदायलाई स्वतस्फूर्त संरचना भत्काएर तालको संरक्षणमा सहयोग गर्न अनुरोध गर्दछौं सेक्रेटरी इन्चार्ज अनवरत सुजन आयामका नाममा जारी विज्ञप्तीमा उल्लेख छ ।





