पोखरामा जेव्रा क्रसबाट बाटो काट्दै गर्दा ट्रकले ठक्कर दियो, एकजना जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     मंसिर १५ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको आईचर ट्रकले जेव्रा क्रसबाट बाटो काट्दै गरेकी पूर्वी रूकुम घर भई हाल पोखरा २५ याम्दी बस्ने ५५ बर्षीय धन कुमारी बुढाको मृत्यु भएको छ ।

ठक्कर दिँदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सवारी साधन र सवारी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ घर भई पोखरा १ बगर ४५ बर्षीय पृथी प्रसाद तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: