पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको स्थानीय संयोजकमा फेवा क्लब

-


     क्लिक गण्डकी     
     कार्तिक २८ गते २०८१ मा प्रकाशित


पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको स्थानीय संयोजकमा फेवा क्लब

पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको स्थानीय संयोजकमा फेवा क्लब

पोखरा, २८ कात्तिक/ पोखरामा हुने अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको स्थानीय संयोजकमा फेवा क्लब पामे भएको छ । क्लबका अध्यक्ष नवराज पराजुली र आयोजक बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडे विच सम्झौता भएको छ ।

नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा महानायक राजश हमाल र नायिका प्रियाका कार्की रहेका छन् । बलुन नेपाल प्रालिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुदैछ ।

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पुस ९ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना हुदैछ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । जसमा बेलुन नेपालको तर्फबाट ५ वटा हट एयर बलुन सञ्चालन गरिनेछ ।

स्पेन, फ्रान्स, अमेरिका, युके, लाटभिया, जर्मनी, लाओस, अस्ट्रिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भैरहेको अध्यक्ष बाडेले जानकारी दिए । उनले पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न फेस्टिवल प्रभावकारी हुने बताए ।

महोत्सव पोखराको पामे, लौरुक र चङ्खपुर क्षेत्रमा आयोजना हुनेछ । महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हुदाँ आफुहरुले पनि साथ दिएको फेवा क्बलका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए ।
महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ जसलाई मुख्य आकर्षणको रुपमा समावेश गरिएको कम्पनीले जनाएको छ । रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लोलगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ ।



Tags: