
हिमाल क्याम्पसको अध्यक्ष भण्डारी चयन
पोखरा, २६ कात्तिक/ पोखरा ८ बगाले टोलीमा रहेको हिमाल क्याम्पस तथा डाइनामिक एकेडेमीको अध्यक्षमा चेतनाथ भण्डारी निर्विरोध चयन भएका छन् ।
पोखरामा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको हिमाल क्याम्पस तथा डाइनामिक एकेडेमीको स्थापनाको पाँच वर्षमै शैक्षिक रुपमा अग्रणी भूमिकामा राखेको छ ।
विगतका केही वर्षमा विविएस संकायमा लगातार त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । हाल प्लस टु र बीबीएसका क्लासहरु सञ्चालन गर्दै आएको क्याम्पसले अब विद्यालय पनि सञ्चालन गर्ने अध्यक्ष चेतनाथ भण्डारीले बताए ।





