
सुपर मादी हाइड्रोपावर
पोखरा, ७ कात्तिक/ कास्कीको मादी गाउँपालिकामा सञ्चालनमा रहेको सुपर मादी हाइड्रोपावरको १५ औ बार्षिक साधारणसभाले लाभांश पारिद गरेको छ ।
गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर दिन साधारण सभाबाट पारिद भएको छ । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि छुट्याएको छ ।
कम्पनीले ११ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैया बोनस शेयर र सो बोनस शेयरको लाभांश कर प्रयोजनका लागि रकम छुट्याएको छ ।
कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानीका क्रममा रहेको छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ६ सय १७ रुपैयाँ छ ।





