होटल बाराहीमा दशैंं भोज

-


     क्लिक गण्डकी     
     असाेज १८ गते २०८१ मा प्रकाशित


होटल बाराहीमा दशैंं भोज

होटल बाराहीमा दशैंं भोज

पोखरा, १८ असोज/ लेकसाइडको होटल बाराहीमा दशैं भोज हुने भएको छ । दशैंमा खानेकुराका परिकार दिने उद्देश्यले होटल बाराहीले दशैं भोजको आयोजना गरेको हो । ग्राहकले दशैंको सम्पूर्ण परिकार खान पाउने छन् ।

आन्तरिक र बाह्यि पर्यटकलाई लक्षित गर्दै होटल बाराहीले असोज २४ देखी २६ गते सम्म दशैं भोज गर्न लागेको बाराहीका रिसिडेन्टल म्यानेजर रोहित साउले जानकारी दिए ।

बिहान साढे ११ बजेदेखि सुरु हुने यो भोजमा दशैंमा खाने मासुका विभिन्न परिकार खान सक्नेछन् । यसका लागि प्रत्येक ग्राहकले २ हजार रुपैयाँ तिर्नुपर्ने होटलका अप्पेसन म्यानेजर चिन्ता प्रसाद गौतमले जानकारी दिए ।

नेपाल फूड कल्चरलाई प्रमोट गर्ने र चाडपर्वसँग होटल बाराही सधैंसँगै हुने होटल बाराहीका फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानेले जानकारी दिए ।