
पोखराको लेकसाइडमा २ करोड लागतमा लेक स्पाइस रेष्टुरेण्ट सञ्चालनमा
पोखरा, १७ असोज/ पोखराको लेकसाइडमा लेक स्पाइस रेष्टुरेण्ट सञ्चालनमा आएको छ । तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रेष्टुरेण्ट उद्घाटन गरे । लेक साइडको किङ लाउन्जको अपोजिटमा रहेको छ । जसमा नेपाली, इन्डियन, चाइनिज, थाई लगायत २ सय ५० भन्दा बढी खाना/खाजाका परिकार उपलब्ध हुने तारा घर्तीमगरले बताए ।
असोज १७ देखी कात्तिक १ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको अर्का सञ्चालक गौरव घर्तीमगरले बताए । करिब १ सय २० जनालाई एकै पटक सेवा दिन सकिने गरी निमार्ण भएको रेष्टुरेण्टमा २ करोड लगानी भएको उनीहरुको भनाई छ ।
बिहान १० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने रेस्टुरेन्टमा २५ जना रोजगारीमा छन् ।





