
पोखरा–सौराहा–पोखरा सुबिधायुक्त सोफा बस सञ्चालन
पोखरा, १६ असोज/ पोखरा–सौराहा–पोखरा सोफा एसी बस सञ्चालनमा आउने भएको छ । सुबिधा युक्त २५ सिटे बस पोखराको पर्यटन बसपार्कबाट बिहान ७ः३० बजे र सौराहाबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।
असोज १७ गते घटनस्थापनाका दिन देखी बस सेवा सञ्चालन आउने उनले जानकारी दिए । यात्रुको सुविधालाई मध्यनजर गर्दै थप सुविधासम्पन्न बस पोखरा–नारायणगढ रुटमा हालिएको उनले बतए ।
उनका अनुसार दुई वटा बस डेढ करोडको लगानीमा ल्याइएको हो । बसमा एसीसहित २/१ सोफाको सुविधा रहेको छ । ११ सय रुपैयाँ भाडादर निर्धारण गरिएको बसमा छुट्टै पोशाक सहित अनुभवी चालकले चलाउने छन् ।
फ्रुट, बिस्कुट, लेज, कुरकुरे सहितका सेवा यात्रुले पाउनेछन् । साथै यात्रुकै रोजाई अनुरुपको खाना खाने ठाउँमा बस रोकिनेछ । यो रुटमा पहिलो पटक सुविधायुक्त बस सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले दाबी गरे ।
सौराहाबाट ७ बजे चेढेका यात्रु १ बजे पोखरा आइपुग्ने र पोखराबाट ७ः३० बजे चढेका यात्रु १ देखि २ बजेसम्म सौराहा पुर्याइने उनले जानकारी दिए ।





