
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्चालन र भ्रष्ट्रचार छानविन गर्न मागर्दै पोखरामा प्रर्दशन
पोखरा, ६ असोज/ पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै पोखरामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजिनामा माग गरेका छन् ।
राष्ट्रिय एकता अभियान नेपाल, पोखराको अगुवाईमा पोखरामा प्रदर्शन गरेर असफल तथा भ्रष्ट महानिर्देशकको आरोप लगाउदै सरकारसँग बर्खास्त गर्न माग गरेको छ ।
राष्ट्रिय एकता अभियान नेपालले जिल्ला प्रसाशन कार्यालय कास्कीमा विरोध प्रदर्शन गरिएको छ । सन्चालन भएको लामो सयमसम्म पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसकेको भन्दै विरोधमा सहभागीले सरकारको ध्यानाकर्षण गराए ।
विमानस्थल निर्माणमा अनियमितता र अन्तराष्ट्रिय उडान सुरु नहुनुमा अधिकारी नै संलग्न रहेको राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष विनय यादबले आरोप लगाए ।
अधिकारीको पालामा भ्रष्टचार भएकाले त्यसको जिम्मा उनले लिनुपर्ने प्रदर्शकारीको भनाई छ । अधिकारी महानिर्देशकमा रहिरहदा छानविन प्रभावित हुने भएकाले तत्काल उनको बर्खास्ती हुनु पर्ने उनीहरुको माग छ ।
प्रदर्शनकारीले विमानस्थललाई विआरआइ हो भनेर बदनाम गर्ने चिनिया राजदुतसंग कुटनितिक नोट माग गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।





