
पर्वतारोहणको उत्कृष्ट अध्ययन क्षेत्रबन्दै अन्नपूर्ण रेन्ज र मर्दी हिमाल
पोखरा, १ असोज/ पछिल्लो समय व्यवसायीक शिक्षामा विद्यार्थीको रुचि बढ्दै गएको छ । त्यसैलाई ध्यानमा राखेर कलेजहरुले पनि व्यवसायीक शिक्षमामा जोडदिन थालेका छन् । नेपालमा रोजगारीको क्षेत्र भने पर्यटन र पर्वतारोहण क्षत्रे हो ।
नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षाको अध्ययन हुदै आएको छ । पर्वतारोहणका प्रयोगात्मक अभ्यासका लागि कास्कीको अन्नपूर्ण र मर्दी हिमाल उपयुक्त बन्दै गएको छ ।
व्यवसायीक शिक्षामा विद्यार्थीको रुचि बढ्दै गएपछि त्यसैलाई ध्यानमा राखेर कलेजहरुले पनि व्यवसायीक शिक्षमामा जोडदिन थालेका छन् । पर्वतारोहण सम्बन्धी उच्च शिक्षा अध्ययन गराउने विश्वकै एकमात्र क्याम्पस नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरू हुन् । कास्कीका मर्दी हिमालमा आरोहण अभ्यास गरेर फर्किएका छन् ।
यिनिहरूले अध्ययन गर्ने विषय नै पर्वतारोहण हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको नेपाल माउन्टेन एकेडेमी त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो । १० दिनको कक्षा सकेर पोखरा फर्किएपछि विद्यार्थीले हिमाल आरोहणले उत्कृष्ट अनुभव भएको अप्सरा पन्त र अंसु मल्लले बताए ।
नेपालमा पर्वतारोहण सम्बन्धी औपचारिक उच्च शिक्षा अध्ययन हुन्छ भन्ने थाहा पाउँदा पर्यटन व्यवसायीहरू हर्षित छन् । ट्रेकिङ व्यवसायीहरूको संस्था टान गण्डकीले ती विद्यार्थीहरूलाई पोखरामा सम्मान गर्दै अन्तरक्रिया समेत गरेको छ । नेपालको पर्यटनको मुल मेरुदण्ड मानिने पदयात्रा पर्यटन र पर्वतारोहण सम्बन्धी दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए ।
पर्वतारोहण भन्ने बित्तिकै शेर्पा समुदायका मानिसहरूलाई मात्रै सम्झिने गरिन्छ । तर अहिले पढाइ शुरु भएपछि पर्वतारोहणमा अन्य समुदायका मानिसहरूको रुचि सहित पढिरहेका छन् । पर्वतारोहण एउटा जोखिम कार्य भएपनि त्यसको औपचारिक शिक्षाका कारण सुरक्षत बनाउ सहयोगी हुने व्यवसायीको विश्वास छ । विश्वमा हिमालको देश भनेर नेपाललाई चिनिने गरीन्छ । विद्यार्थीहरुलाई पर्वतारोहणको उच्च शिक्षा प्रयोगात्मक अभ्यास ११ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही गेल्जे शेर्पाले गराई रहेका छन् ।
नेपालमा औपचारिक रूपमा पर्वतारोहण सम्बन्धी उच्च शिक्षा सुरु भएसँगै दक्ष जनशक्ति उत्पादन गर्ने बाटो खुलेको छ । त्यो सँगसँगै विश्वका अन्य देशहरूमा यो विषयमा उच्च शिक्षा नभएकाले विश्वका जुनसुकै देशका विद्यार्थी पर्वतारोहण सम्बन्धी उच्च शिक्षा अध्ययन गर्न नेपाल आउनेर पर्यटन र शिक्षा क्षेत्रको विकास हुने विश्वास छ ।





