
केशवराज भट्टराई
पोखरा, १ असोज/ नेपाल कारखाना श्रमिक संघको महासचिवमा पोखराका केशवराज भट्टराई मनोनित भएका छन् । भाद्र २८ र २९ गते नवलपुरमा भएको संघको सम्मेलनबाट भट्टराइ महासचिवमा मनोनित भएका हुन् ।
गत वर्ष अधिवेशनबाट अमृतलाल जोशी नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो । निर्वाचित समितिले विधान वमोजित भट्टराईलाई महासचिवमा मनोनित गरिएको संघले जनाएको छ ।
भट्टराई यस पहिलोको समितिमा उपमहासचिव थिए भने नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्वसचिव हुन् । उनि पोखराको सुजल डेरिमा कार्यरत छन् । संघ नेपाली कांग्रेस निकट श्रमिकहरुको संस्था हो ।





