मदरल्याण्ड मावि र विन्ध्यवासिनी मावि उत्कृष्ट विद्यालय

-


     क्लिक गण्डकी     
     भाद्र ३१ गते २०८१ मा प्रकाशित


मदरल्याण्ड मावि र विन्ध्यवासिनी मावि यस वर्ष पनि उत्कृष्ट विद्यालय

मदरल्याण्ड मावि र विन्ध्यवासिनी मावि यस वर्ष पनि उत्कृष्ट विद्यालय

पोखरा, ३१ भदौ/ मदरल्याण्ड मावि र विन्ध्यवासिनी मावि यस वर्ष पनि उत्कृष्ट विद्यालयको पुरस्कार जितेका छन् ।

कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागततर्फ मासबारको मदरल्याण्ड मावि लगातार उत्कृष्ट हुँदै आएका छन् ।

माध्यमिक शिक्षा परीक्षा–२०८० को मूल्यांकन आधारमा उच्च जिपिए ल्याउँदै उनीहरु उत्कृष्ट घोषित भएका हुन् । मदरल्याण्डबाट एकै पटक १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.०० जिपिए ल्याउन सफल भएका थिए ।

जसमा मदरल्याण्डले ३.६० देखि ४.० जिपिएसम्म ल्याउने १२८ र ३.२० देखि ३.६० जिपिए ल्याउने १८ जना गरी सबै विद्यार्थी उत्तीर्ण गराएको थियो ।

विन्ध्यवासिनी माविबाट ८१ जना विद्यार्थी एसइईमा सम्मिलित गराई सामुदायिक विद्यालयतर्फ विन्ध्यवासिनीले समग्रमा ३.११ जिपिए ल्याएको थियो ।

शिक्षा दिवस २०८१ अवसरमा जिल्ला विकास तथा समनवय इकाइ कास्कीले आइतबार एक समारोहबीच दुवै विद्यालयलाई सम्मान समेत गरेको हो ।

प्रतिनिधिसभा सदस्य दामोदर वैरागी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, गणेशमान गुरुङ, जिल्ला समवन्य प्रमुख लीलाधर पौडेल र जिल्ला विकास तथा समनवय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले उनीहरुलाई सम्मान गरेका हुन् ।

विन्ध्यवासिनीबाट प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र मदरल्याण्डतर्फबाट त्रिभुवन शर्मा लगायतले पुरस्कार ग्रहण गरे ।

एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई सम्मान गरिनुका साथै वार्षिक प्रकाशन शैक्षिक दर्पणको विमोचन गरिएको थियो । कास्कीका ५ वटै पालिकाका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित भए ।