
घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सदस्यको मतगणना सकिएको छ ।
१० सदस्यका लागि १४ जनाले उमेद्वारी दिएका थिए । १० सदस्य मध्ये अर्जुन पोख्ररेल प्यानलका ८ जना सदस्य विजयी भएका छन् । २ जना भने स्वतन्त्र उठेकाले जितेका छन् ।
मतपरिणम अनुसार ललित बहादुर कुंबर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दुधमान गुरुङ आशिष १४६८, भिम गौतम १४३९, टिकाराम सुबेदी माधव १३९४, जीवन प्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदिपराज भण्डारी १३७०, यादव प्रसाद पोखरेल १३०० मत प्राप्त गर्दै विजयी बने ।
विनोद केसी १२९६, लेखनाथ सुबेदी १२८६, प्रेमप्रसाद सुबेदी १२८५, विष्णुप्रसाद तिमिल्सिना १२३० प्राप्त गरे । अर्जुन प्यानबाट उमेद्वार बनेका लेखनाथ सुबेदी र प्रेमप्रसाद सुबेदी पराजीत भए । निर्वाचन समितिले घोषणा गर्न भने बाकी छ । अहिले उपमहासचिबको मतगणना भई रहेको छ ।





