पोखरा उद्योग वाणिज्य संघ निर्वाचनमा २२५१ मत खस्यो, मत गणना कहिले

-


     क्लिक गण्डकी     
     भाद्र २९ गते २०८१ मा प्रकाशित


पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेल

पोखरा, २९ भदौ /पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । नयाँ नेतृत्वका लागिअर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् ।

नेतृत्वका लागि पोख्ररेल प्यानल नै बनाएर चुनावी मैदानमा छन् भने कार्की प्यानल नबनाई चुनावी मैदानमा छन् । आगामी कार्य कालका लागि वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दिनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिवमा र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ निर्विरोध भएको छन् ।

उपमहा सचिवमा वर्तमान कार्यसमिति सदस्य बालकृष्ण कोइराला र सुदीप प्रधानांग चुनावी मैदानमा छन् । पदाधिकारी निर्विरोध हुँदा कर्पोरेट तर्फ कार्य समिति सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध भए । औद्योगिक सदस्यमा नारायण गौतम निर्विरोध निर्वाचित भएका छन् । ४ जनाको वस्तुगत सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

वस्तुगतका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे ९सुरेश०, दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी परेको छ ।

प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यहरुका लागि १४ जना मैदानमा छन् । कार्यसमिति सदस्य निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी ९माधव०, ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश
श्रेष्ठ, दूधमान गुरुङ ९आशीष०, लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले उम्मेदवारी परेको छ । मतगणना आइतबार विहानबाट हुने निर्वाचन समितिले जानकारी दिएको छ ।