यती एयरलाइन्स र होटल संघ पोखरा बीच सम्झौता

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८१ मा प्रकाशित


यती एयरलाइन्स र होटल संघ पोखरा बीच छुट सम्बन्धी सम्झौता

यती एयरलाइन्स र होटल संघ पोखरा बीच छुट सम्बन्धी सम्झौता

पोखरा, २४ भदौ/ यती एयरलाइन्स र होटल संघ पोखरा बीच छुट सम्बन्धी सम्झौता भएको छ ।

यती एयरलाइन्स पोखराका म्यानेजर राम लामिछाने र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी विच छुट सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार होटल संघ पोखराका ३ सय भन्दा बढि सदस्यहरुले यती एयरलाइन्समा यात्रा गर्दा १० प्रतिशत छुट दिने सहमती भएको म्यानेजर लामिछानेले बताए ।

उनले यती एयरलाइन्सको सेवा लिने यात्रुका लागि यात्राका क्रममा पिनट, चक्लेट र जुस समेत दिन शुरु गरेको बताए ।