पोखरामा स्कुल बस दुर्घटना

-


     क्लिक गण्डकी     
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरामा स्कुल बस दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना

पोखरा, ७ भदौ/ पोखरा १७ घारीपाटनमा स्कुल बस दुर्घटना भएको छ । न्युमोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको आँखा अस्पतालको गेट अगाडी दुर्घटना भएको हो । बसले तीन वटा ट्याक्सीलाई ठक्कर दिएको छ ।

दुर्घटनामा बस चालक घाइते भएका छन् । विद्यार्थीलाई कसैलाई केही नभएको ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए ।

बसले पार्किङमा राखेको ग१ज ४१८० ट्याक्सी, ग१ज २९३४ नम्बरको ट्याक्सी र ग१ज २२४१ नम्बरको ट्याक्सीलाई हानेको थियो ।

दुई वटा ट्याक्सी माथिल्लो सडकबाट तल्लो सडकमा खसेका थिए । बसको ठक्करले ग१ज ४१८० नम्बरको ट्याक्सीमा ठुलो क्षती भएको छ ।

स्कुल बस दुर्घटना :-

मिति २०८१।०५।०७ गते अं.१५:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन चोक स्थित हिमालयन आँखा अस्पताल नजिकै भित्री सडक खण्डमा ऐ.८ नागढुङ्गा स्थित रहेको NEW MODEL SECONDARY SCHOOL को ग १ क ४६६१ नं. को बिद्यार्थी बोकेको स्कुल बस चालकले नियन्त्रण गुमाई सडकबाट अं.३ मिटर तल खस्न गई पार्किङ गरी राखेको निम्न ट्याक्सी माथि पर्न जाँदा बस चालक जिल्ला स्याङ्जा भिरकोट न.पा.२ बयरघारी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ कृष्णटोल बस्ने वर्ष ५४ को दल बहादुर गुरुङ घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको, निजको अबस्था मध्यम रहेको । बसमा २० जना बिद्यार्थीहरु सवार रहेका विद्यार्थीहरु सबै सकुसल रहेको कुनै चोटपटक नभएको । घटनास्थलमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई गएको ।  

 क्षति भएका निम्न ट्याक्सीहरु:-

१) ग १ ज २९३४ नं. को ट्याक्सी अगाडि र पछाडिको भाग क्षति ।      

२) ग१ ज २२४१ नं. को ट्याक्सी अगाडिको भागमा क्षति ।

३) ग १ ज ४१८० नं. को ट्याक्सी बम्पर र सिसा फुटी क्षति ।