
सुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका १ जना पक्राउ
पोखरा, ६ भदौं/ सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
नकर्मीलाई प्रहरीले भदौं २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर पोखरा ल्याएको थियो । जीवी राई (गितेन्द्रबाबु) को समूहले सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय बचतकर्ताको झण्डैं १ अर्ब ३५ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
एकहजार ३७ जनाले प्रहरीमा दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गर्दै मुद्दा दायर गरेको थियो ।







