
पोखराको लेकसाइडमा दुर्घटना तस्बिरः आषिश पुरी
पोखरा, ५ भदौ/ पोखरा महानगरपालिका ६ लेकसाइडको डिहिको पाटनमा दुर्घटना भएको छ । बसले ठक्कर दिंदा मोटरसाइकल चालक भिमबहादुर सारु घाइते भएको छन् ।
पोखराको सिर्जनाचोक स्थित मेट्रोसिटि अस्पतालमा उपचार भैरहेको छ । उनको अबस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सारुको तनहुँको देवघाट गाउँपालिका घर रहेको छ ।
ट्राफिक कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा सँगै दुईवटा बस भएकाले कुन बसले ठक्कर दिएको भन्ने खुल्न नसकेको जनाएको छ ।





