अन्डाको मूल्य घट्यो

-


     क्लिक गण्डकी     
     भाद्र २ गते २०८१ मा प्रकाशित


अन्डा

अन्डा

पोखरा, २ भदौ/ अन्डाको मूल्य घटाएको छ । नेपाल लेयर्स कुखुरापालक संघले प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ ।

असार २८ मा तोकेको अन्डाको मूल्य सोमबार देखि लागु हुनेगरी घटाएको हो । ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अन्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।

आइतबार बसेको संघको बैठकले ठूलो साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठूलो अन्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको हो ।

अन्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण गरेको हो ।