
देबेन्द्र केसी
पोखरा, ३० साउन/ पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिबेसनमा हालका उपाध्यक्ष देबेन्द्र केसीले कुनै पनि पदमा उमेद्वारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले कुनै पदमा उमेद्वारी नदिने घोषणा गरेका हुन् ।
उनले भनेका छन् भाद्र २८ र २९ गते हुन गईरहेको पोखरा उद्योग बाणिज्य संघको महाधिवेशनमा देशको विषम आर्थिक परिस्थिति, युवा पलायन, व्यवसायिक जोखिम, आर्थिक मन्दी, व्यवसायिक एबं लगानीको जोखिम बढ्न गई सटर खाली हुने लगायत युवा पलायनको भयाबह अबस्था रहको छ ।
यस अवस्थामा संस्थागत व्यवसायिक सृजनशीलताको अभाव एबं विषम लगानी र व्यवसायिक अबस्थालाई मध्यनजर गर्दै विशुद्ध प्यानल निर्वाचनको लागि मात्रै हुने आगामी निर्वाचनमा सहभागी नहुने कुरा अबगत गर्दछु ।
६ वर्ष पोखरा उद्योग वाणिज्य संघ यात्रामा निरन्तर संस्थागत हित, व्यवसायी एकता र स्वतन्त्रताको पक्षमा साथसाथै सकारात्मक व्यवसायिक समुन्नति र युवा उद्धमशीलताको पक्षमा समेत पैरवी गर्दै अगाडि बढेको कुरा अबगत गराउँछु ।
आगामी दिनमा कुनैपनि पदमा नरहेर पनि निरन्तर व्यवसायी, नवउद्धमी, उद्योगी व्यवसायीको हकहितमा लागिराख्ने एबं सामाजिक सेवामा अविराम रहिरहने प्रतिबद्धता सहित व्यवसायीको विषम परिस्थितिमा हुन लागेको यो निर्वाचनको पदीय दौडमा सहभागी नहुने घोषणा गर्दछु भनेको छन् ।





