
सेलवेज तथा सेल्सबेरीको लक्की ड्रमा कृति नकर्मीले जितिन् कार
काठमाडौं, २७ साउन/ सेलवेज तथा सेल्सबेरी संचालन गरेको लक्की ड्रमा सितापाइलाकी कृर्ति नकर्मीे एमजीको इभि कार जितेकी छन् ।
सेलवेज क्यास एण्ड क्यारी प्रा. लिले सञ्चालन गरेको सेलवेज र सेल्सबेरीले ग्राहकलाई लक्की ड्रमा उनले बम्पर उपहार कार जितेकी हुन् ।
साउन २६ गते खोलीको लक्की ड्रमा विनायक कोलोनीका रोशा ताम्राकारले पहिलो उपहार इलेक्टिकल स्कुटर जितेका छन् । त्यसै गरी भैसेपाटीकी वर्षा श्रेष्ठले दोस्रो उपहार स्माट टिभि जित्न सफल भएकी छन् ।
तेस्रो उपहार मुलपानीका रोशन राइले माइक्रो ओभन जित्न सफल भए । चौथो पुरस्कार पंखा सातदौबाटोका सुनिल जैसवालले जितेका छन् ।
त्यसै गरी पाँचौ पुरस्कार सितापाइलाका सनम कृष्ण अधिकारीले राइकुकर जिते भने लामाचौरका अर्पण भण्डारीले हटपट जितेका छन् ।
गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई भने मुलमन्त्र बनाई विगत ३० बर्ष देखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सेलवेज गु्रप अन्र्तगत सञ्चालन हुदै आएको छ । सेलवेज र सेल्सबेरीले पोखरा र काठमाडौंमा गरेर ३७ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले महाराजगंज, काठमाडौंको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको सञ्चालनका उपलक्ष्ममा ग्राहक महानुभावहरुको लागि बम्पर उपहार योनजा सञ्चालन गरेको सेलवेजका व्यवस्थापक दयाल गिरीले बताए ।
दुई हजार रुपैयाको खरिद गर्दा एउटा कुपन पाइने र तिनै कुपनबाट गोलाप्रथा गरेर विजेता घोषणा गरेको उनले बताए ।





