
मिस नेपाल आसमा कुमारी केसी । तस्बिर : प्रदीपराज वन्त, रासस
पोखरा, १९ साउन/ मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पधिलाई पछिपार्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन् ।
उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन लगाउदै हस्तान्तरण गरेकी छन् ।
त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।






