
पोखरामा पुस तेस्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल
पोखरा, १८ साउन/ पोखरामा पुस तेस्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपाला प्रालिको आयोजनामा पोखरामा पुस १४ गतेदेखि १८ गतेसम्म ‘नेपाल ईन्टरनेसनल बलुन फेष्टिभलको तयारी भएको हो ।
पोखरा–६ स्थित फेवातालको सिरान क्षेत्र लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा हुने फेष्टिभल हुने आयोजक बलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए ।
अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुने हट एयर बलुन फेष्टिभलमा नेपाल सहित करीब ३० देशले बलुन प्रदर्शनीमा सहभागिता जनाउने उनले जानकारी दिए । फेष्टिभलमा हरेक दिन विहान, दिउँसो र बेलुका बलुन उडाईने उनले बताए । बलुनमा उड्न चाहनेलाई ३ समयमा उडाएर प्राकृतिक छटासँगै हिमालको दृश्यावलोकन गराउने उनले बताए ।
फेष्टिभलमा एकै पटक धेरै बलुन उडाउँदा त्यसको रौनक नै छुट्टै हुनुका साथै सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए । नेपालका टिपिकल संस्कृतिहरुको प्रदर्शन तथा विभिन्न देशबाट ल्याइएका सांस्कृतिक प्रदर्शनी पनि गरिने उनको भनाई छ ।
यसका अलावा कार्यक्रम स्थलमा विभिन्न खानाका परिकारहरु, मनोरञ्जनका लागि पिङ लगायत पनि हुने ईभेन्ट म्यानेजर प्रतीक्षा डंगोलले बताईन् । प्रतियोगिता सम्पन्न गर्न करिब ६ करोड ५० लाख खर्च हुने आयोजकको अनुमान छ ।





