
पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प
पोखरा, १३ साउन/ गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भए पछि फिर्ता लिएका हुन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।
आइतबार सार्वजनिक यातायात सेवा बन्द गरेर आन्दोलन गरेका थिए ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ । समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि थिए । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।
