पहिरो घर र फर्म बगाउदाँ गोरखामा ५ जना बेपत्ता

-


     क्लिक गण्डकी     
     श्रावण १३ गते २०८१ मा प्रकाशित


स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु

पहिरो

पोखरा, १३ साउन/ गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुर्दा पाँच जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् ।

पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन त्यस तर्फ गएको प्रशासनले जनाएको छ ।

बेपत्तामध्ये तीन जना एउटै परिवारका हुन् । थप विवरण आउन बाँकी छ ।