भेस्टमै मन्त्रालयमा मन्त्री मनाङे, फोटो भाइरल

-


     क्लिक गण्डकी     
     श्रावण १२ गते २०८१ मा प्रकाशित


भेस्टमै मन्त्रालयमा मन्त्री मनाङे, फोटो भाइरल

भेस्टमै मन्त्रालयमा मन्त्री मनाङे, फोटो भाइरल

पोखरा, १२ साउन/ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरूङ (दीपक मनाङे) सेन्डो भेस्टमै मन्त्रालय भएको फोटो भाइरल भएको छ ।

छैटौं पटक मन्त्री भएको मनाङे भेस्ट मै मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । केही दिनअघि भेष्ट्मै कार्यकक्षमा बसेर मदिरा समेत खाएर अपशब्द बोलेको कर्मचारीले बताएका छन् ।

मन्त्रीको सामान्य मर्यादाको समेत ख्याल नगरी भेस्टमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेको उनीहरुको भनाई छ ।

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरे ।

यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएको थियो ।

सामाजीक सञ्जालमा अहिले फोटो भाइर भएको छ । सबै जसले नकरात्मक प्रतिक्रिया जनाएका छन् ।