रेवान पत्रकारिता पुरस्कार सन्तोष पोखरेललाई प्रदान

-


     क्लिक गण्डकी     
     श्रावण ११ गते २०८१ मा प्रकाशित


रेवान पत्रकारिता पुरस्कार सन्तोष पोखरेललाई प्रदान

रेवान पत्रकारिता पुरस्कार सन्तोष पोखरेललाई प्रदान

पोखरा, ११ साउन/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कार सन्तोष पोखरेल सम्मानीत भएका छन् ।

रेवानको ३० औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनमा पत्रकार सन्तोष पोखरेललाई पुरस्कार प्रदान गरेको हो ।

पोखरेललाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार सहित सम्मान गरे ।

पर्यटन पत्रकारिता योगदान पु¥याए बापत पोखरेललाई पुरस्कार प्रदान गरेको हो । यस पुरस्कारबाट यस अगाडी कृष्णमणी बराल, सागर राज तिमिल्सिना, विनोद लामिछाने, सुमन ढुंगना पुरस्कृत भइसकेका छन् ।