रेवान पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन

-


     क्लिक गण्डकी     
     श्रावण ११ गते २०८१ मा प्रकाशित


रेवान पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन

रेवान पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन

पोखरा, ११ साउन/ रेष्टरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन भएका छन् । रेवानको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको निर्वमान अध्यक्ष नरेश भट्टराई, प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन भएका छन् ।

समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई रहेका छन् ।



Tags: