पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प

-


     क्लिक गण्डकी     
     श्रावण १० गते २०८१ मा प्रकाशित


पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प

पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प

पोखरा, १० साउन/ गण्डकी प्रदेशका यातायात व्यवसायीहरू राइड सेयरिङविरुद्ध आन्दोलित भएका छन् । निजी सवारी साधन भाडामा लगाउँदा सार्वजनिक यातायात व्यवसायीलाई धराशायी बनाउन लागेको व्यवसायीहरूको आरोप छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रमबाट राइड सेयरिङलाई वैधता दिने घोषणा गरेको थियो । त्यसैलाई टेवा पुग्ने गरी कार्यविधि निर्माण भएको र मन्त्रिपरिषद् बैठकले पारित गर्न लागेको भन्दै व्यवसायी आन्दोलीत भएका हुन् ।

प्रदेश सरकारले सवारी ऐन २०४९ को दफा ८ विपरीत कानुन बनाएर व्यवसायीलाई पीडित बनाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीको आरोप थियो । उनले सार्वजनिक यातायातका सवारी साधन सरह रातो प्लेटका सवारीले यात्रु ओसारपसार गर्ने नीति कार्यान्वयन गर्दा सार्वजनीक यातायात ध्वस्त हुने बताए ।

यातायात व्यवसायीहरूले साउन १३ गतेदेखि आन्दोलनको चेतावनी दिएका छन् । यातायात व्यवसायीहरूले उनीहरूले ७ बुँदे माग राखेका छन् । गण्डकी सरकारले २ पाङ्ग्रे र ४ पाङ्ग्रे निजी साधनलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनुपर्ने माग छ । उनले व्यवसायीको रक्षा राज्यले गर्नुपर्ने बताएका छन् ।

राइड सेयरिङविरुद्ध सडकमा ओर्लिएका गण्डकी प्रदेशका यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार विकास तथा यातायात सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले पोखरामा बस र ट्याकसी सडकमा तेर्स्याएर प्रदर्शन गरिरहेका छन् । उनीहरुको आन्दोलनले पोखरा शहिद चोक, राष्ट्रबैंक चोक लगाएतका क्षेत्रमा दुई घण्टा अस्तव्यस्त भएको थियो ।

https://www.youtube.com/watch?v=8iRqEQDUjEA