
सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिएर दुर्घटनामा परेको जनाएको छ ।
क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे–७ जहाज दुर्घटनामा परेको विज्ञप्तिमा उल्लेख छ ।
सौर्य जहाज दुर्घटना ः कति बेला के भयो ?
११ः१५ ः जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत आएको ।
११ः३४ ः जहाजका क्याप्टेन मनिसरत्न शाक्यको घटनास्थलबाट उद्धार ।
११ः४० ः दुर्घटनास्थलमा लागेको आगो पूरै निभाइयो ।
११ः५० ः चालक दलका २ सदस्यसहित कम्तीमा १९ जना विमानमा सवार रहेको जानकारी प्राप्त ।
११ः५१ ः दुर्घटनास्थलबाट संकलित शवहरु त्रिवि शिक्षण अस्पतालमा लगियो ।
दुर्घटना पछि तत्कालै उद्धार गरी जहाजका चालक मनिषरत्न शाक्यको उद्धार गरी केएमसी शिक्षण अस्पताल लगेको ।
१८ जनाको मृत्यु भएको ।
सहक्याप्टेन एस कटुवाल, कर्मचारीहरु अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडाको मृत्यु भएको छ ।
नियमित प्राविधिक परीक्षण गर्न पोखरा आउँदै थियो सौर्य एयरको जहाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा बुधबारदेखि एक महिना राखेर जहाजको नियमित परीक्षण गर्न सौर्य एयरलाइन्सले निवेदन दिएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले बताइन् ।
जहाजको प्राविधिक परीक्षणका लागि ह्याङ्गरमा राख्ने गरिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर सुविधा उपलब्ध छ ।
सौर्य एअरलाइन्सकाे 9N-AME CRJ 200 कलसाइन जहाज :
सन् २००३ मा क्यानडाको बम्बार्डिअर एअरलाइन्सले पहिलोपटक सञ्चालनमा ल्याएको उक्त जहाज त्यसको १ महिनापछि अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले सञ्चालन गरेको थियो ।
त्यसको करिब डेढ वर्षपछि अर्थात सन् २००४ अगष्ट ४ देखि सोही जहाज अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाइन्सले चलाएको थियो । करिब ३ वर्षपछि अर्थात सन् २००७ जुन १४ बाट उक्त जहाज नाइजेरियाको एरिक एअरलाइन्सले चलाएको थियो ।
सोही जहाज २००८ देखि दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्स्प्रेस एअरवेजले सञ्चालन गरेको थियो भने उक्त जहाज २०१६ मा स्टोर गरिएको थियो । स्टोर भएको ५ महिनापछि उक्त जहाज नेपालको सौर्य एअरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको थियो ।
जहाजमा मूलत: चार प्रकारका चेक हुन्छन् ।
A चेक : एभियशन इन्डस्ट्रीमा हुने रेगुलर चेक A चेक हुन्छ । यसमा प्रि-फ्लाइट चेक अर्थात् जहाज उड्नुअघि गरिने सबै चेक पर्छन् । सँग उडानको दौरान हुने इन-फ्लाइट चेक र अवतरणपछि हुने पोष्ट-फ्लाईट चेक यसमा पर्दछन् । A चेक सधैँ गरिने र गर्नुपर्ने डेलि रुटिनजस्तै चेक हो ।
B चेक : पहिलेपहिले एभियशनमा बि चेक गरिने चलन थियो । अर्थात् रेगुलर चेक भन्दा अलिक फरक खालको चेक । अचेलजसो धेरै विमान कम्पनिले B चेकलाई A अन्तर्गत नै राखेका कारण यो खाले जाँच नियमित भित्रै परेको छ । र कति कम्पनिमा बि चेक हुँदैन ।
C चेक : आज दुर्घटना भएको जहाज यही चेकका लागि पोखरा आँउदै भनिएको छ । यसलाई एक्टेन्शिभ चेक क्याटागोरीमा राखिएको छ । सामान्य भाषामा बुझ्दा प्रत्येक डेढ/दुई बर्षको अन्तरातमा गरिने जहाजको सर्भिसङनै सि चेक हो । यसमा जहाजमा लागेका वायर फेर्ने, जहाजको लुब्रिकेशनको काम गर्ने, पाटपूर्जामा समस्या छ भने फेर्नेजस्ता काम हुन्छन् ।
सि चेक ढिलो गरि गर्दा दुर्घटनाको सम्भावना बढेर जान्छ ।
D चेक : यो चेक जहाजमा गम्भिर समस्या भएपछि गरिन्छ । यो चेकको समयावधि पनि लामो हुन्छ । यसमा जहाजका ठूलाठूला पार्टपूर्जा फेर्नेदेखी गम्भीर समस्याको समाधान गर्ने काम गरिन्छ ।