एसइईमा सामुदायिक विद्यालयतर्फ माछापुच्छ्रे मावि पहिलो (यी हुन् टप दश विद्यालय)

-


     क्लिक गण्डकी     
     असार २२ गते २०८१ मा प्रकाशित


एसइईमा सामुदायिक विद्यालयतर्फ माछापुच्छ्रे मावि पहिलो यी हुन् टप दश विद्यालय

एसइईमा सामुदायिक विद्यालयतर्फ माछापुच्छ्रे मावि पहिलो यी हुन् टप दश विद्यालय

पोखरा, २१ असार/ एसइई २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूतर्फ नतिजा उत्कृष्ट ल्याउन माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोला परेको छ ।

औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएरका विद्यालयको मुल्याङकनमा माछापुच्छ्रे उत्कृष्ट भएको छ । एसइई २०८० मा ७९ विद्यार्थीले सहभागिता जनाएको त्यस विद्यालयका ७५ विद्यार्थीले उत्तीर्ण गर्दै गर्दा ९४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

८१ विद्यार्थी सहभागी भएर ७६ जना अर्थात ९३.९८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै बिन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा– १६, बाटुलेचौर द्वितीय स्थानमा परेको छ । यो विद्यालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्यांकनमा उच्च अंक प्राप्त गर्दै मुलुकभरमा नै प्रथम स्थान हासिल गरेको थियो ।

तृतीय स्थानमा भने ९९ विद्यार्थी सहभागिता गराउँदै पोखरा नदीपुरको बालमन्दिर माध्यमिक विद्यालय परेको छ । बालमन्दिर ८५ जना विद्यार्थी उत्तीर्ण गराएर ८५.८६ सहित तेस्रो स्थानमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

भौतिक पूर्वाधारको अभावमा बालमन्दिरले पनि आवेदक सबै विद्यार्थीलाई भर्ना लिन नसकिने कारण देखाउँदै प्रवेश परीक्षा लिएर सीमित कोटामा विद्यार्थी भर्ना गर्ने गरेको छ ।

१६१ जना विद्यार्थी सहभागी गराउँदै १४४ जना विद्यार्थी उत्तीर्ण गराएको छोरेपाटन माध्यमिक विद्यालय ८३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर चौथो स्थान प्राप्त गर्न सफल भएको छ ।

७९.४४ प्रतिशतसहित अमरसिंह माध्यमिक विद्यालय, रामघाट पाँचौं, ६८.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै त्रिभुवन शान्ति माध्यमिक विद्यालय छैटौं, ६७.३३ विद्यार्थी उत्तीर्ण गराउँदै शीतलादेवी माध्यमिक विद्यालय सातौं, ६५.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै ब्रम्हरुपा माध्यमिक विद्यालय, राजाको चौतारा आठौं, ६४.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै भविष्य निर्माण माध्यमिक विद्यालय, कृस्ती नवौं स्थान र ६४.१२ प्रतिशत उत्तीर्ण विद्यार्थीसँगै जनप्रिय मावि दशौं स्थानमा परेको छ ।

कास्की जिल्लाको उत्तीर्ण प्रतिशत ५५ प्रतिशत छ । गण्डकी प्रदेशमा ५८ प्रतिशत विद्यार्थी उत्तीर्णसँगै मुस्ताङ प्रथम, ५६ प्रतिशत उत्तीर्ण प्रतिशत सँगै लमजुङ दोस्रो र ५५ प्रतिशत उत्तीर्णसँगै कास्की तेस्रो स्थानमा छ ।



Tags: