
पोखराका मयेरलाई एमालेको ध्यानाकर्षण, तीन पटक गुनासो आउने कर्मचारीलाई निलम्बनको माग
पोखरा, ५ असार/ नेकपा एमाले पोखरा महानगर समितिले पोखरा महानगरापलिका प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा महानगरका टाइमकाड लागुगरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन र तीन पटक भन्दा बढि लिखित गुनासो आउने कर्मचारीहरुलाई निलम्बन गरी छानविन गर्न माग गरेको छ ।
खनिज तथा नदीजन्य पर्दाथको उत्खनन्को व्यवस्थापनका लागि महानगर पूर्वाधार विकास निगमको व्यवस्थापन एवं लगानीमा संचालन गर्न पनि एमालेले सुझाव दिएको छ ।
पोखरा पूर्वाधार विकास निगम ऐन बनिसकेको छ । महानगरमा उत्पादनमुलक कर्यहरु संचालन गर्न र रोजगारी सृजना गर्ने कार्यक्रम संचालन गर्न ऐनलाई कार्यान्वयन गर्न पनि महानगर प्रमुख आचार्यलाई ध्यानाकर्षण गरिएको एमाले महानगर अध्यक्ष जीवन प्रसाद आचार्यले बताए ।
पोखराको परिचयको रुपमा रहेका तालहरुको संरक्षणमा ध्यान दिन र तालको सिमा माथीको अतिक्रमण रोक्न पनि माग गरेको छ । ताल तथा पोखराको वातावरण संरक्षणका लागि वातावरण सेवा करको व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा भनिएको छ ।
फेवा ताललाई संरक्षण गर्न हर्पन खोल र अधेरी खोलाले ल्याउने बालुवालाई नियन्त्रण गर्न तालको अतिक्रमण जग्गा समेत फिर्ता गरेर पामेमा मेगा फन पार्म बनाउन सकिने सम्भावना देखाइएको छ । त्यसका लागि महानगरवासी, महानगर र यहाँ रहेका सहकारीको लगानीनमा उक्त पार्क बनाई पर्यटकीय गन्तब्य बनाउन सकिने भएकाले यसका लागि डिपिआर बनाई काम सुरु गर्न ध्यानाकर्षण पत्रमा सुझाव दिइएको छ ।
अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरि फोहोर मैलाको दिगो व्यवस्थापन, पोखरा महानगरवासीको डिजिटल प्रोफाइल, करारमा रहेका कर्मचारीको उचित व्यवस्थापनको लागि कर्मचारी निर्देशिका, सरुवा मापदण्ड, कर्मचारी व्यवस्थापन निर्देशिकालाई कडाइका साथ कार्यान्यन गर्न एमलेले महानगर नेतृत्वलाई अनुरोध गरेको छ ।
पोखरा बसपार्क यथाशिघ्र निर्माण कार्य अगाडी बढाउन, जडान भए र पनि संचालनमा नआएका ट्राफिक बक्तिहरु संचालन गर्न, पोखरालाई साइकल सिटिको रुपमा विकास गर्न पोखरा ३२ लामेआहालमा बन्ने भनिएको बसपार्ककालई तदारुकताका साथ अगाडी बढाउन ध्यानाकर्षण पत्रमा उल्लखे गरिएको छ ।
अघिल्लो कार्यकालमा एमाले नेतृत्वले सुरु गरेका र अगाडी सारेका कार्यक्रमहरुलाई यथासिघ्र कार्यान्वयनमा लौजान पनि एमालेले महानगर प्रमुख आचार्यको ध्यानाकर्षण गराएको छ ।





