भिटोफ गण्डकीद्धारा गाउँले गाइड तालिम

-


     क्लिक गण्डकी     
     जेठ २७ गते २०८१ मा प्रकाशित


भिटोफ गण्डकीद्धारा गाउँले गाइड तालिम

भिटोफ गण्डकीद्धारा गाउँले गाइड तालिम

पोखरा, २७ जेठ/ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीवीकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (stlrp)को सहयोगमा तीन दिने गाउँले गाइड तालिम भएको छ ।

जेठ २४ गतेदेखि २६ गतेसम्म पोखरामा गाउँले गाइड तालिम भएको हो । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट ३१ ज्ना तालिममा सहभागिता जनाएको भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी (सापकोटा) ले जानकारी दिइन् ।

गाउँ पर्यटनको प्रभावकारिता अभिबृद्धिका लागि गाउँले गाइड तालिम आवश्यक महसुस गर्दै तालिम गराइएको उनले बताइन् । तालिममा डा. रामजी शर्मा, दीपेन्द्र पहारी, टीकाराम सापकोटा, सरस्वती गौतम, तारानाथ पहारी लगायतले प्रशिक्षण दिए ।

तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का का.वा.अध्यक्ष कृष्ण भण्डारीले यस किसिमको तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने बताए । भिटोफ गण्डकीका सल्लाकार गणेशबहादुर भट्टराईले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।

भिटोफ गण्डकीका अध्यक्ष शोभाकुुुमारी अधिकारी सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक डा. रामजी शर्मा, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, दीगो पर्यटन परियोजना (stlrp) का नेशनल प्रोजेक्ट कोअर्डीनेटर श्रद्धा श्रेष्ठ, प्रोजेक्ट म्यानेजर धर्म दवाडी, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, प्रशिक्षार्थी चुडामणि छन्त्याल लगायतले तालिबाट सिकेका कुरा व्यवहारमा प्रयोग गर्न सके होमस्टेमा अझ पर्यटक बढ्ने बताएका थिए ।