पोखरा २० मा कुटाकुट, वडा कार्यालय कहाँ राख्ने विषयमा विवाद

-


     क्लिक गण्डकी     
     जेठ २१ गते २०८१ मा प्रकाशित


वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुट्टाकुट कुटाकुट

वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुट्टाकुट कुटाकुट

पोखरा, २१ जेठ/ वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुटाकुट भएको छ ।

सोमबार दिऊसो पोखरा २० मौजा र पोखरा २० भलामका बासीन्दा बिच कुटाकुट भएको हो । भलाममा महानगरले विवाद भएपछि वडा कार्यालयका भवन बनाउन तत्काल शुरु नगर्न निर्देशन दिएको थियो ।

तर भलाममा भवन बनाउने काम अगाडी बढेपछि मौजा बासी दिऊसो रोक्न आएका थिए । पहिलो वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरुलाई स्थानीयले रोकेका थिए ।

त्यसपछि उनी भवन बनाउन ठाउँमा पुगेका थिए । त्यहाँ दुई पक्ष विच कुटाकुटभएको छ । प्रहरीले कुटाकुटमा संलग्न भएको भन्दै ११ जनालाई प्रक्राउ गरेको छ ।

मौजा बासीको भने केही माथी राख्दा दुबै क्षेत्रका जनतालाई सहज हुने बताउदै आएका छन् ।