
(डिआइजी) दुर्गा सिंह
पोखरा, १८ वैशाख/ गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् ।
पदभार ग्रहणलगत्रै उनले कार्यालयका सबै शाखाको निरीक्षण समेत गरेकी छन् । उपत्यका प्रहरी रानीपोखरी काठमाडौंमा कार्यरत सिंहको सरुवा भएपछि सोमबार पोखरा आइपुगेकी हुन् ।
स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र उपस्थित कार्यालय प्रमुखलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारितालाई थप गर्न संगठनको मूल्य मान्यतालाई आत्मसात गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिएकी छन् ।





