कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख १८ गते २०८१ मा प्रकाशित


कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

पोखरा, १८ वैशाख/ कक्षा १२ को जारी परीक्षामा सामाजिक शिक्षा विषयको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पोखराबाट २ जना शिक्षक पक्राउ परेका छन् ।

आइतबार एक परीक्षा केन्द्रमा सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नारायण बास्तोला र रामचन्द्र बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले कक्षा १२ को उत्तरपुस्तिका ८ थान र मोबाइल ३ थान समेत बरामद गरेको छ ।

शिक्षा ऐन, २०२८ अन्र्तत कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।