पोखरा गौरीघाटको १७० बर्ष पुरानो रुख ढल्यो

-


     क्लिक गण्डकी     
     वैशाख १७ गते २०८१ मा प्रकाशित


पोखरा गौरीघाटको १७० बर्ष पुरानो रुख ढल्यो

पोखरा गौरीघाटको १७० बर्ष पुरानो रुख ढल्यो

पोखरा, १७ बैशाख/ पोखरा ६ गौरीघाट स्थित फेवाताल किनारामा रहेको १७० वर्ष भन्दा बढी उमेरको टुनीको रुख ढलेको छ । सोमबार बिहान सात बजे तिर रुख ढलेको हो ।

यस रुखको दुरूप्रयोग नगरी सादुपयोग गर्नु पर्ने डा अनिल सुबेदीले सुझाब दिएका छन् । उनले फेसबुकमा लेखेका छन् । पोखरामा ५ दशक अघि फेवातालमा टुनीको काठबाट बनेका डुङ्गा प्रयोग गरिने गरेको बताए ।

रुख ढल्दा पार्कलाई नोक्सानी पुग्नेको छ । स्थानीय हरी भुजेलले अन्य बुढा रुखहरुको पनि बेलैमा व्यवस्थापन गर्नु पर्ने बताएका छन् ।

उनले वडा अध्यक्ष, बन डिभिजन कार्यालय लगाएतका ठाउँमा पार्कमा रहेका पुराना र सुकेका रुख छिमोल्न निबेदन दिएको बताए ।

उनले बुढा रुखको व्यवस्थापन नगर्दा जोखिम हुने भन्दै सम्बन्धीत निकायले छिटो भन्दा छिटो त्यसको व्यवस्थापन गर्न माग गरेको बताए । उनले सुकेका र बुढा भएका रुखलाई ब्यबस्था गर्न ढिला हुदाँँ मानबिय क्षतीको हुने जोखिम रहेको बताए ।