यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०८१ मा प्रकाशित


यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने

यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने

पोखरा, ११ बैशाख/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमन गरेका छन् ।

सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री मनाङेले सोमबार यातायात कार्यालयको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री मनाङेले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउन निर्देशन दिए ।

उनले कर्मचारीको विषय धेरै गुनासा आएकाले त्यसलाई व्यवस्थापन गर्न हरेक घन्टा हाजिर गर्ने व्यवस्था सुरु गर्न निर्देशन दिए । कर्मचारीहरु बिहान विद्युतीय हाजिरी गरेपछि एकै पटक बेलुका आउने गरेकाले सेवा ग्राहीले सेवा नपाउने गरेको बताए ।

त्यसैले प्रत्येक घण्टा बिद्युतीय हाजिरी गर्ने व्यवस्था गर्न निर्देशन दिएको उनले बताए । उनले कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्नसमेत निर्देशन दिए ।

यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकिएको गुनासो गरे ।

मन्त्री मनाङेले अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।