
पोखरामा सहकारी पीडितहरु अन्दोलनमा, सडकमा नाराबाजी, तीन प्रमुखलाई ज्ञापनपत्र
पोखरा, १० बैशाख/ सहकारी सञ्चालकले रकम हिना मिना गरेपछि पछिल्लो समय सहकारी समस्यामा परेका खबर देशभरबाट दिनहुँ आउने गरेका छन् । सहकारीका सञ्चालकले सरहकारीमा सर्वसाधरणले जम्मा गरेको रकम मनपरि खर्च गर्दा सहकारीहरु समस्यमा परेका हुन् । पोखरामा सहकारी पीडितहरु एक जुट भएर आन्दोलन थालेका छन् ।
पोखरामा सहकारी पीडितहरुले संर्घष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । पोखरामा ६ वटा सहकारी पीडितहरुले सोमबार विरोध प्रर्दशन गरे । पीडितले जितेन्द्र राई(जिवी) कहा छन् सहकारी पिडीत यहाँ छन् । देउकुमार नेपाली कहाँ छन् सहकारी पीडित यहाँ छन् । ठगलाई रजानीतिक संरक्षण बन्द गर, फरार प्रतिवादी तुरुन्त पक्राउ गर, सहकारीको सम्पत्ति सुरक्षा गर, सहकारी पीडितको समस्या समाधन गर लगायतका प्लेकार्ड र व्यनर बेकेका थिए ।
पीडितले दबाब ¥याली सहित जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाए । सहकारी पीडितको जनजिवन प्रभावित हुदाँ समेत राज्यको तर्फबाट कुनै ठोस कदम नउठाइएको र पीडितलाई राहात हुने गरी सम्बोधन हुन नसकेको पीडितहरुको गुनासो छ ।
पोखरामा सहकारीका पीडित बचतकर्ताहरुले सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको अध्यक्षतामा संघर्ष समिति गठन गरेका थिए । समितिमा इमेज सहकारी, शिव शिखर सहकारी मित्र मिलन सहकारी, बिन्ध्वासीनि सहकारी र बलिदानी सहकारी पीडितहरु रहेका छन् ।
पोखरामा करिब २५ वटा सहकारी समस्यामा रहेको सहकारी बचत पीडित संघर्ष समिति कास्कीका अध्यक्ष किरण श्रेष्ठले बताए । उनले ६ वटा सहकारीविरुद्ध उजुरी परेको, मुद्दा प्रक्रिया अगाडि बढेको तथा केही संचालक पक्राउ परेका भए पनि बचतकर्ताले रकम फिर्ता पाउन नसकेको बताए ।
सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरु पीडितको पक्षमा भन्दा पनि सहकारीको रकम ठगी गर्नेलाई बचाउन लागेको पीडितहरुको आरोप छ । कास्कीमा सूर्यदर्शन सहकारीबाट १ अर्ब ११ करोड अपचलन भएको आरोपमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसको रकम हिनामिना प्रकरणमा वर्तमान गृहमन्त्री रवि लामिछानेको नामसमेत जोडिएको छ । इमेजमा १ अर्ब ५१ करोड अपचलन भएको छानबिन समितिले निकालेको छ भने ११ जना विरुद्ध पक्राउ पुर्जी छ ।
मित्रमिलनबाट २६ करोड ८३ लाख अपचलन भएको र ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । शिव शिखरमा ५४ करोड २३ लाख अपचलन आरोपमा ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बलिदानी र विन्ध्यवासिनीको अनुसन्धान चलिरहेको छ । सहकारीको रकम हिनामिना गर्ने र आरोपी बनाईका मुख्य व्यक्तीहरु अझै फरार छन् ।
गण्डकीका सहकारीमा १२ अर्ब ४ करोड ६३ लाख सेयर पुँजी छ भने ५८ अर्ब ४९ करोड बचत देखिन्छ । उनीहरूले ६४ अर्ब ५० करोड ऋण लगानी गरेका छन् । २ अर्ब ३२ करोड सेयर लगानी गरिएको छ । प्रदेशभर ५ लाख ८५ हजार १ सय ८२ नागरिक सहकारीको सदस्य बनेका छन् । पोखरा महानगरमा रहेका सहकारीको सेयर पुँजी ७ अर्ब ४२ करोड छ भने १६ अर्ब १९ करोड बचत छ । यी सहकारीले १९ अर्ब २२ करोड लगानी गरेको देखिन्छ ।





