
पोखराको साँस्कृतिक सम्पदा धर्मशीला बुद्ध बिहार भत्काइयो
पोखरा, ८ बैशाख/ पोखरा ३ नदिपुरमा रहेको साँस्कृतिक सम्पदा धर्मशीला बुद्ध बिहारको भवन भत्काइएको छ । शनिबार यो भवन नयाँ बनाउने उद्देश्यले भत्काएको जनाएको छ ।
बि स १९९७ सालमा बनाइएको यो बिहार कुनै बेला लोभलाग्दो मनमोहक र सुन्दर थियो । अहिले पनि मनमोहक भएपनि भत्काइएको छ ।
पोखरामा २००६ साल चैत्रमा भएको भिषण आगोलागिका बेला पनि जोगियको यो घर पोखराको पुरानो ठूलो घरका रुपमा चिनिनि गरेको पोखराका रविन्द्र माकाजुले बताए ।
यो बिहारको अर्को बिशेषता भने धर्मशीला गुरुमाले पोखरामा बस्नका लागि कुनै बिहार नहुदा भारतको बौद्ध तीर्थस्थल जाने भने पछि उनका चेली धर्मनदी कायस्थले गुरुमा भारत नजानुस बरु म हजुरका लागि एउटा बिहार बनाइदिन्छु भनेर बताएको माकाजुले बताए ।
उनका अनुसार यो कुरा त्यहाँ रहेको शिलालेखबाट थाहा हुने बताए । यसै ठाँउमा नेपाली शैली झल्किने अर्को बिहार बताउने तयारी भएको जनाएको छ ।
साँस्कृतिक सम्पदा धर्मशीला बुद्ध बिहारको भवन भत्काएको भन्दै नागरीक समाजका रामबहादुर पौडेलले विरोध गरेका छन् । उनले फेसबुकमा पोखराको एउटा महत्त्वपूर्ण साँस्कृतिक सम्पदा बुद्ध बिहार भत्काएको भत्सना गरेका छन् । उनले भवनको रेक्ट्रोफिटिङ गरेर बचाइ राख्नु राम्रो हुने उनले बताए ।
