
पोखराको बिन्धयवासिनी पेट्रोल पम्पमा आगलागी, स्कुटर जल्यो
पोखरा, २ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा रहेको विध्यवासिनी आयल स्टोरमा स्कुटरमा अगलागी भएको छ ।
आइतबार दिउसो करिब ४ बजे ग८प ८२१८ नम्बरको स्कुटरमा तेल भदै गर्दा एक्कासी आगोलागी भएको हो ।
आगालागीबाट स्कुटर जलेर ध्वस्त भएको छ भने पेट्रोल पम्पमा सामान्य क्षती पुगेको प्रहरीले जानकारी दिएको छ ।







