केपी ओलीले भने २० वर्ष कसैले आस नगरे हुन्छ

-


     क्लिक गण्डकी     
     चैत्र २३ गते २०८० मा प्रकाशित


केपी ओलीले भने २० वर्ष कसैले आस नगरे हुन्छ

केपी ओलीले भने २० वर्ष कसैले आस नगरे हुन्छ

पोखरा, २३ चैत/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्ष अरू कसैले आस नगरे पनि हुने बताएका छन् ।

एमाले कास्कीको ११ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार पोखरामा ओलीले २० वर्षजति अरू कसैले एमालेमा आस नगरे पनि हुने बताए ।

उनले कसैले एमाले बिनाको नेपाल भने भन्ने गरेको, कसैले एमाले बिनाको नेपाल भन्ने गरेको बताए । उनले त्यसका कल्पना सम्म पनि गर्न नसकिने बताए । उनले जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो ।

अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफैले पलाउन थालेको छ । उनले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताए ।

नेता ओलीले पहिलेको गठबन्धन आफ्नै प्रयासबाट तोडिएको भएपनि केही विदेशीले अरुले नै तोडेको बताएको बताए । उनले यस्ता साना काम त आफुहरुले नै गर्न सक्ने बताए । उनले पहिलेको गठबन्धन फुटाउन र अहिलेको गठबन्धन बनाउन आफुहरु नै सक्षम रहेको बताए ।

उनले आफु भन्दा पहिलेका अध्यक्षहरुले पार्टी चलाए प्रधानमन्त्री चलाए र पनि केही पाइन भन्ने गरेको उनलेका भनाई छ । आफुले अध्यक्ष पद छाडेपछि अध्यक्षको आड्मा बन्न नजाने नेता ओलीको भनाई छ ।