
गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय
पोखरा, १५ चैत/ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।
सञ्चालक समितिको ३०४ औं बैठकले उपाध्यायलाई १ वैशाख २०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्याय बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा उनी कार्यरत थिए ।
१५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा सकिँदै छ ।





