
बैनबहादुर अधिकारी क्षत्री
पोखरा, १४ चैत/ नेकपा एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री विजयी भएका छन् । माधव बास्तोलालाई २ सय ४ मतले हराउँदै बैनबहादुर विजयी भए । अधिकारीले ५ सय ५१ मत प्राप्त गर्दा बास्तोला ३ सय ४७ मत ल्याए ।
त्यसै गरी अर्का उमेद्वार विवेक त्रिपाठीले १७ मत ल्याए । कास्की एमालेमा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ पक्षधरहरुले प्यानल नै बनाएर चुनावी मैदानमा थिए । अधिकारीक समर्थित प्यानलनै विजयी भएको छ ।
उपाध्यक्षमा भेषराज बरालले ५ सय २७, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) ५ सय ९५, उपसचिवमा सन्तु सुवेदी ५ सय १० र लालबहादुर परियार ५ सय ८१ मत प्राप्त गर्दै विजयी भए ।
उपाध्यक्षका उमेदवार शिव आचार्यले ३ सय ८८ मत, सचिव सुरेन्द्र गुरुङले ३ सय २० मत, उपसचिवद्वय राधिका शाही योगी ३ सय ४४ र गीता विश्वकर्माले ३ सय ३४ मत प्राप्त गरे ।
त्यसै उपसचिबमा ६१ मत प्राप्त गरिन् । निर्वाचनमा ९ सय १४ मत खसेको थियो । १६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।
मंगलबार साँझ साढे ७ बजेदेखि सुरु भएको मतदान बुधबार साढे ३ बजेपछि सकिएको हो । हिजो साँझबाट मतदान सुरु भएकामा आज ३ बजेतिर मात्र मतदान सकिएको थियो । विद्युतीय मेसिनबाट मतदान भएकाले गणनामा भने छिटो भएको हो ।





